मोरङ । मोरङ ६ (क) बाट नेकपा माओवादी केन्द्रका उम्मेदवार जीवन आचार्य निर्वाचित भएका छन् । एमालेकी रिता न्यौपानेलाई पराजित गर्दै माओवादी केन्द्रका आचार्य प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । आचार्य माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका ज्वाइँ हुन् ।
माओवादी केन्द्रका आचार्यले १९ हजार ४५४ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिद्वन्द्वी एमालेकी न्यौपानेले १७ हजार ५७२ मत पाइन् ।