सप्तरीबाट प्रदेशसभामा राजकुमार लेखी निर्वाचित

दियो पोस्ट  

सप्तरी । सप्तरी क्षेत्र नम्बर १ (क)बाट नेकपा एमालेका उम्‍मेदवार राजकुमार लेखी निर्वाचित भएका छन् । सीके राउत नेतृत्वको जनमत पार्टीका शिन नन्दन महतो दोस्रो र सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका बेचनप्रसाद चौधरी थारू तेस्रो भएका छन् । लेखीले निकटतम प्रतिस्पर्धी जनमत पार्टीका शिननन्दन महतोलाई ५ हजार १९८ मतान्तर पराजित गर्दै निर्वाचित भएका हुन् ।

लेखीले १४ हजार २९१ मत ल्याउँदा उनका प्रतिस्पर्धी जनमतका महतोले ९ हजार ९०९३ मत मात्र ल्याए ।

यस्तै माओवादी केन्द्रका थारूले ७ हजार ५४२ मत ल्याएका छन् ।

सम्बन्धित खबर