कैलाली २ मा उन्मुक्ति पार्टीका अरूनकुमार ५ हजार ७४३ मतान्तरले विजयी

दियो पोस्ट  

कैलाली । कैलाली क्षेत्र नम्बर २ बाट नागरिक उन्मुक्ति पार्टीका अरूनकुमार चौधरी प्रतिनिधि सभा सदस्य निर्वाचित भएका छन्। उनले नेकपा एमालेका उम्मेदवार झपटबहादुर रावललाई हराएका हुन् । अरूनले २१ हजार ८ सय ७१ मत ल्याएका छन् भने रावलले १६ हजार १ सय २८ मत ल्याएका छन्। अरूनले ५ हजार सात सय ४३ मतान्तरले जितेका हुन्।

यो क्षेत्रमा नेकपा माओवादी केन्द्रबाट उम्मेदवार रहेका बगतबहादुर बढुवालले १५ हजार एक सय १६ मत ल्याएका छन्।