कालीकोटमा माओवादीका महेन्द्रबहादुर शाही ८ हजार मतान्तर निर्वाचित

दियो पोस्ट  

सुर्खेत । कालीकोटबाट प्रतिनिधि सभा सदस्यमा नेकपा माओवादी केन्द्रका महेन्द्रबहादुर शाही निर्वाचित भएका छन् । नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य शाहीले ८ हजार ६४ मतान्तरले नेकपा एमालेका नगीन्द्र शाहीलाई पराजित गरेका हुन् । महेन्द्रले २४ हजार ४७४ र नगीन्द्रले १६ हजार ४१० मत पाएका छन् । उनले यसअघि ०७० को दोस्रो संविधान सभा सदस्य र ०७४ मा प्रदेशसभामा चुनाव जितेका थिए । २०७४ को चुनाव जितेपछि कर्णालीको मुख्यमन्त्री बनेका उनी योपटक प्रतिनिधिसभा चुनाव लडेका हुन् ।