रामेछाप १ (२) प्रदेशसभा सदस्यमा माओवादीका चौलागाईं निर्वाचित

दियो पोस्ट  

रामेछाप । रामेछापको प्रदेशसभा ‘ख’मा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य युवराज चौलागाई निर्वाचित भएका छन् । सत्ता गठबन्धनको साझा उम्मेदवार चौलागाईं २२ हजार ९ सय ७८ मतसहित निर्वाचित भएका हुन् ।

चौलागाईंले नेकपा एमालेका उम्मेदवार मिलनकुमार घिसिङलाई पराजित गरेका छन् । घिसिङले १८ हजार २ सय ५ मत पाएका छन् । चौलागाईं र घिसिङको बीचमा ४ हजार ७ सय ७३ मतान्तर छ ।