पाँचथर । पाँचथरमा प्रतिनिधि सभाको समानुपातिकतर्फका मतपेटिकामा पनि प्रत्यक्षतर्फका मतपत्र भेटिएपछि मतगणना जारी राखिएको छ। यो सँगै अन्तिम मतपरिणाम आउन ढिलाइ हुने भएको छ।
यहाँ नेकपा एमालेका उम्मेदवार बसन्तकुमार नेम्वाङ अघि छन्। उनले अहिलेसम्म ३२ हजार एक सय ९० मत ल्याएका छन्। नेपाली कांग्रेसका उम्मेदवार भीष्मराज आङ्देम्बेले ३२ हजार ६३ मत ल्याएका छन्। बसन्त ४७ मतान्तरले अघि छन्।