मधेस प्रदेशले दियो सोमबार सार्वजनिक विदा

दियो पोस्ट  

विरगञ्ज । मधेस प्रदेश सरकारले सोमबार (भोलि) सार्वजनिक विदा दिएको छ ।

विवाह पञ्चमी महोत्सवको अवसरमा मधेस प्रदेश सरकारले सोमबार सार्वजनिक विदा दिएको हो । मुख्यमन्त्री लालबाबु राउतले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै सोमबार सार्वजनिक विदा दिईएको जानकारी दिएका छन् ।

त्रेता युगमा सीता र श्रीरामको विवाह भएको स्मरणमा मिथिला क्षेत्रमा साताव्यापी विवाह पञ्चमी महोत्सव मनाउने गरिन्छ ।