थापाथली झडपः २ दर्जनभन्दा बढी नगर प्रहरी घाइते, नर्भिकमा उपचार हुँदै

दियो पोस्ट  

काठमाडौं । थापाथली झडपमा २६ जना घाइते भएका छन् । सुकुम्बासी बस्तीका स्थानीय १६ जना र नगर प्रहरी प्रमुखसहित १० जना गरी २६ जना घाइतेको भएका हुन् ।
घाइतेलाई इमेरजेन्सी र ठाउँ अपुग भएका कारण त्यसभन्दा अघिल्तिरको खुल्ला क्षेत्रमा समेत राखेर नर्भिकका स्वास्थ्यकर्मीहरुले उपचार गरेका थिए ।
घाइतेमध्ये केहीको टाउकोमा गम्भीर चोट लागेको छ । अन्यको शरीरका विभिन्न भागमा चोट लागेको र तिनीहरुको पनि नर्भिकमा उपचार भइरहेको अस्पतालले जनाएको छ । थापाथलीको सुकुम्बासी बस्तीका घरटहरा भत्काउन गएको महानगरको टोलीमाथि त्यहाँका स्थानीयले ढुंगामूडा गर्दा सो बस्ती तनावग्रस्त बनेको थियो ।