श्रमिकबाट दुई करोड ठगीका आरोपी रविन्द्र श्रेष्ठको नाममा म्याद जारी

दियो पोस्ट  

काठमाडौं । उच्च अदालत पाटनले मेरिगोल्ड ओभरसिज प्रा.लि. का सन्चालक रविन्द्र कुमार श्रेष्ठको नाममा म्याद जारी गरेको छ । सोमबार गोरखापत्रमा प्रकाशित सूचनाअनुसार अदालतले बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को दफा २३ बमोजिम पहिलो पटक ३० दिने म्याद जारी गरेको हो । गत साउन १८ गते वैदेशिक रोजगार विभागबाट इजाजतपत्र लिई सञ्चालनमा रहेको मेरिगोल्ड ओभरसिज प्रा.लीका सञ्चालक र कर्मचारी विरुद्ध ठगी आरोपमा वैदेशिक रोजगार न्यायाधिकरण बबरमहलमा मुद्दा दायर भएको थियो ।  सो मेनपावरका सञ्चालक र कर्मचारीले रोजगारीका लागि युक्रेनलगायतका देशमा पठाइदिन्छु भन्दै ३८ जनाबाट रु एक करोड ८६ लाख १५ हजार २०० लिई रोजगारीमा नपठाई ठगी गरेको विभागले जनाएको छ । आफूहरु वैदेशिक रोजगारीका क्रममा ठगिएको भन्दै पीडितहरुले विभाग उजुरी दिएका थिए ।
पिडीत सुदर्शन मोक्तोन, रकम तामाङ, ठुलोबाबु लामा, विश्व खनाल लगायतले मुद्दा जाहेर गरेका थिए ।