झापा विद्रोहदेखि जनयुद्धसम्मका सबै कम्युनिष्ट एक हुनु जरुरी छ: विप्लव

दियो पोस्ट  

काठमाडौं । नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपालका सबै कम्युनिष्टहरू एक हुने विषयमा चासो देखाएका छन् ।
आम निर्वाचनको विषयमा भिडियो वक्तव्य दिंदै महासचिव विप्लवले झापा विद्रोह, जनयुद्धदेखि क्रान्ति र परिवर्तनका पक्षमा लडेका सबै एक हुनुपर्ने बताएका हुन् ।
‘हामी कम्युनिष्टहरू एक हुन जरुरी छ । झापा विद्रोहदेखि, जनयुद्धदेखि यहाँसम्म क्रान्ति र परिवर्तनको पक्षमा लडेका, योगदान गरेका, नयाँ सपना देखेका कुनै न कुनै रुपले योगदान गरेका सबै कम्युनिष्ट समर्थक नागरिकहरु, जनसमुदायहरू, देशभक्त नागरिकहरू,’ उनले भनेका छन् ।

कम्युनिष्टलाई घेरबन्दी गरेर समाप्त पार्न खोजिएको उनको आरोप छ ।

सम्बन्धित खबर