‘सत्ता गठबन्धनलाई निरन्तरता दिनुपर्छ, बहुमत पनि पुग्छ’

दियो पोस्ट  

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल राष्ट्रिय राजनीतिको विषयमा पनि आफूहरूले गम्भीर छलफल गरेको बताएका छन्।
आज बसेको सचिवालय बैठकपछि उनले सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘हामीले निर्वाचनको बारेमा समीक्षा गर्‍यौँ । खास गरी इलाम र उदयपुरको बारेमा छलफल गरेका छौँ । इलाममा अनेकौँ खालका विसङ्गतिहरू देखिएका छन् । हामीले इलामको बारेमा पुन मतदानको लागि कानुनी बाटोमा जानेबारेमा छलफल गरेका छौँ।’

आफूलाई धाँधली गराएर हराएको भन्दै कानुनी उपचारको बाटोमा जाने बताउँदै आइरहेका छन्। इलाम १ बाट नेकपा एसका सम्मानित नेता झलनाथ खनाल एमालेका महेश बस्नेतसँग पराजित भएका थिए।
‘ गठबन्धनलाई निरन्तरता दिनुपर्छ । गठबन्धनले निरन्तरता प्राप्त पनि गर्छ । गठबन्धनको बहुमत पनि पुग्छ ’ उनले भने ।

सम्बन्धित खबर