जाजरकोट केन्द्रबिन्दु भइ मध्यरातमा गएको भूकम्पमा परी ८० जनाको मृत्यु भएको छ।
सशस्त्र प्रहरी बलका अनुसार आज बिहान ६ः१५ बजेसम्मको विवरणअनुसार दुई जिल्लामा गरी ८० जनाको मृत्यु भएको हो ।
दुबै जिल्लामा गरी १५५ जना घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको सशस्त्र प्रहरी नायब उपरीक्षक एवम् सहायक प्रवक्ता शैलेन्द्र थापाले बताए ।
राहतको काम जारी रहेकाले मृतक र घाइतेको संख्या अझै बढ्न सक्ने कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी भीमप्रसाद ढकालले जानकारी दिए।
भूकम्पका कारण केही क्षेत्रहरू केही गाउँपालिकामा टेलिफोन सेवा पनि अवरूद्ध भएका छन्। रूकुम पश्चिम र जाजरकोटको सिमाना पर्ने रिम्ना भन्ने ठाउँमा पहिरोका कारण सडक अवरूद्ध भएको पनि डिआइजी ढकालले जानकारी दिए।
हेर्नुहोस् विवरणः
मिति २०८०।०७।१७ गते २३:४७ बजे जाजरकोट, रामीडाँडामा केन्द्र विन्दु बनाई ६.४ म्याग्निच्युडको भुकम्पबाट भएको क्षतिको विवरण:-
समय :०६: १५ बजे अपडेट:
ठेगाना-जाजरकोट, बारेकोट गापा १, रामीडाँडा
मृत्यु -४४
घाईते:७०
भौतिक क्षति-आश्रिम गुल्म जाजरकोटमा आंशिक क्षति
सशस्त्र प्रहरी बल परिचालन-आश्रिम गुल्म जाजरकोटबाट सप्रनाउ विकाश थापाको कमाण्डमा ६७ जना टोली खटिएको ।
थप मद्दत टोली : नं. ६ महेश्वरि बाहिनि सुर्खेत बाट सप्रनि कविन्द्र खड्काको कमाण्डमा म्ः ९ जना सहित ३५ जनाको टोली खटिएको ।
र डा। सप्रनि निश्चल घिमिरेको कमाण्डमा ४ जनाको मेडिकल टोली खटिएको ।(जम्मा ३९ जना)
पश्चिम रुकुम,
ठेगाना:- पश्चिम रुकुम, आठविसकोट नपा ११ देखि १४, सानी भेरी गापा-१,२,४ वडाहरु र चौरजहारी नपा
मृत्यु -३६
घाईते- ८५
सशस्त्र प्रहरी बल परिचालन -नं.४७ गुल्म पश्चिम रुकुमबाट सप्रनि झक्कु प्रसाद शर्माको कमाण्डमा २४ जनाको टोली खटिएको ।
सशस्त्र प्रहरी बल परिचालन- नं.४७ गुल्म पश्चिम रुकुमबाट सप्रबनानि बल बहादुर थापाको कमाण्डमा ११ जनाको टोली खटिएको ।
थप मद्दतको लागि आश्रित गुल्म रुकुम पूर्वबाट सप्रनानि राजकुमार घर्तिको कमाण्डमा ११ जनाको टोली खटिएको ।
रोल्पा,
ठेगाना-रोल्पा, रोल्पा नपा ३ चमकोट
मृत्यु –
घाईते-१