प्रहरीले भन्यो-‘जाजरकोट र रूकुम पश्चिममा गरी १२९ जनाको मृत्यु’

दियो पोस्ट  

गएराति जाजरकोटको रामीडाँडा केन्द्र बिन्दु भएर शुक्रबार मध्यराती गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी अहिले बिहान ७ बजेसम्ममा जाजरकोटमा र रुकुम पश्चिममा गरी १२९ जनाको मृत्यु भएको छ ।

नेपाल प्रहरीका प्रवक्ता डीआईजी कुबेर कडायतका अनुसार जाजरकोटमा ९२ जनाको मृत्यु भएको छ भने ६४ जना घाइते भएका छन् । त्यस्तै रुकुम पश्चिममा ३७ जनाको मृत्यु भएको ५ भने ५७ घाईते भएका छन् ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार शुक्रबार राति ११ः ४७ मा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको हो।