पछिल्लो समय नेपालमा अस्थिरता ल्याउने कोशिस भइरहेको छ : शरदसिंह भण्डारी

दियो पोस्ट  

काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारीले नेपाललाई अस्थिरता तर्फ लाने षडयन्त्र भइरहेको खुलाशा गरेका छन् । शनिबार नेपाल तेक्वान्दो संघ बागमती प्रदेशद्वार आयोजित एशियाली खुलकुदमा नेपाललाई पहिलो कास्यपद दिलाउने तथा एशि

याली खेलकुद ८ औँ सागमा स्वर्ण पदक विजेता खेलाडी सविताराज भण्डारी र एशियाली खेलका कास्यपदक विजेता र ८ औँ सागका स्वर्णपदक विजेता किशोर श्रेष्ठको सम्मानमा आयोजित कार्यक्रममा भण्डारीले यस्तो बताएका हुन् ।
‘नेपाललाई बारबार आपसी सदभावमाथि खेल्ने र खलल पुर्याउने काम भइरहेको छ । पछिल्लो समय पनि तपाईंहरुले थाहा पाइरहनु भएको छ,’ उनले भने,‘तर, त्यस्तो अवस्थामा पटक पटक खेलकुद क्षेत्रले जोड्ने काम गरिरहेको छ ।’
नेपालले अहिले पनि स्थिरता र स्थायीत्व प्राप्त गर्न नसकेको उनको जिकिर छ । स्थिरता र स्थायीत्व नभएसम्म आर्थिक क्रान्ति असम्भव रहेको भण्डारीको भनाई छ ।
खेलाडी सविता भण्डारी र किशोर नेपाल बाहिर गएपनि नेपालसँग जोडिरहेको उनले बताए ।

भिडियोमा हेर्नुहोस

 

 

 

सम्बन्धित खबर