३९ अंक बढ्यो सेयर बजार, ८ कम्पनीको मूल्यमा सर्किट

दियोपोस्ट संवाददाता  

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक ३८.८१ अंक बढेर बन्द भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार बुधबार

१.४२ प्रतिशतले नेप्से बढ्दा आज कारोबारमा आएका ८ वटा धितोपत्रको मूल्यमा सर्किट लागेको हो।

आज कारोबार रकम एक अर्ब ८६ करोड रुपैयाँले वृद्धि भएको छ । यस दिन नौ अर्ब ३१ करोड २९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । मंगलबार सात अर्ब ४४ करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।

यस दिन २०० कम्पनीको सेयर मूल्य वृद्धि भएको छ । ३८ कम्पनीको सेयर मूल्य भने घटेको छ । ६ कम्पनीको सेयर मूल्य स्थिर छ ।

सात कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । कारोबारमा आएका १३ समूहमध्ये फाइनान्स समूहको परिसूचक घटेको छ ।

TATA ADD