ठगी, अपराध र विश्वासघातको जाहेरी दर्ताभएपछि अन्नपूर्णका मालिक रामेश्वर थापा ‘फरार’ !

दियो पोस्ट  

काठमाडौं, २५ कार्तिक । विभिन्न पेशा र व्यवसायमा संलग्न रामेश्वर थापाविरुद्ध जिल्ला अदालत कास्कीमा आइतबार ठगी, अपराध र विश्वासघात गरेको मुद्दा दर्ता भएको छ ।


पीडित शिव बास्तोलाको जाहेरीमा सरकारी वकिलको कार्यालय कास्कीले आइतबार थापालगायत उक्त काण्डमा संलग्न व्यक्तिहरुलाई विपक्षी बनाई मुद्दा दायर भएको हो ।

मुद्दामा अन्नपूर्ण ब्रोडकास्ट, त्यसका अध्यक्ष र रामेश्वर थापा, त्यसका कार्यकारी प्रमुख लक्ष्मी प्रसाद पौडेल, त्यसका अख्तियार प्राप्त व्यक्ति निरज श्रेष्ठ, ठगीमा संलग्न देव विकास बैंकका तीन जना कर्मचारीलाई विपक्षी बनाई मुद्दा दायर भएको छ ।

प्रहरीले उनीहरुलाई खोज्दै नखोजी फरार रहेको मिसिल बुझाएपछि सरकारी वकिलको कार्यालयले उनीहरुलाई फरार रहेको भनी मुद्दा दायर गरेको सोमबार प्रकाशित आर्थिक दैनिकले समाचार छापेको छ ।


प्रहरीले गत शुक्रबार सरकारी वकिलको कार्यालयलाई मिसिल बुझाएको थियो । प्रहरीले उनीहरुविरुद्ध उजुरी परेपछि गत ५ गते नै पक्राउ पुर्जी जारी गरेको बताइएको छ तर ५ गतेपछि पनि फरार भनिएका लक्ष्मी प्रसाद पौडेल जिप्रका कास्की पुगेर कम रकम दिएर केस मिलाइदिन प्रहरीलाई दबाब दिएका थिए ।

पोखराका शिव बास्तोला र गीता श्रेष्ठको नामको जग्गा किन्दा देव विकास बैंकमा ५ करोड २५ लाख जम्मा गरेको कीर्ते भौचर देखाएर मालपोतमा जग्गा पास गरेको भौचर काण्डसम्बन्धी समाचार २०७५ माघ १७ गतेको अंकमा लेखेपछि आर्थिक दैनिकमा सम्पादक प्रह्लाद रिजालविरुद्ध २०७५ फागुन ६ गते विजया दाहाल खनालमार्फत काठमाडौं जिल्ला अदालतमा गलत समाचार लेखेको भनी गाली बेइज्जती मुद्दा दायर गरेका रामेश्वर थापाले उक्त कीर्ते भौचर काण्ड गरी ठगेको भनी पीडित शिव बास्तोलाबाट जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी परेपछि थापाले सम्पादक रिजालविरुद्ध भूmठो मुद्दा दिएको पुष्ठि भएको छ ।


उनले आपूmले दिनुपर्ने सबै रकम दिएर जमिन किनेको, त्यस्तो विवाद भए सम्बन्धित पक्ष त्यसको उपचार खोज्न स्वतन्त्र रहेको तर असम्बन्धित पक्षले आपूmलाई बदनाम गर्न समाचार लेखेको भनी २०७५ फागुन ६ गते सम्पादक रिजालविरुद्ध मुद्दा हालेका थिए ।

उनले जग्गा पास गर्नुअघि २०७५ कात्तिक २० गते देव विकास बैंक, पोखरामा रहेको गीता श्रेष्ठको खातामा तीन करोड ८५ लाख र सोही बैंकमा रहेको शिव बास्तोलाको खातामा एक करोड ४० लाख गरी पाँच करोड २५ लाख रुपैयाँको अख्तियार प्राप्त निरज श्रेष्ठको नामको प्राइम कमर्सियल बैंकको खाताको चेक जम्मा गरेको भौचर दिएर २०७५ कात्तिक २५ गते मालपोत कार्यालय पोखराबाट उनीहरुको नामको जग्गा पास गरी लिएका थिए ।

२०७५ कात्तिक २० गते निरज श्रेष्ठले देव विकास बैंकमा गीता श्रेष्ठ र शिव बास्तोलाको खातामा जम्मा गरेको भनिएको चेकको रकम एक वर्ष बितिसक्दा पनि जग्गा बिक्री गर्ने श्रेष्ठ र बास्तोलाको खातामा जम्मा भएको छैन र देव विकास बैंकले पनि जम्मा नभएको उक्त चेक श्रेष्ठ र बास्तोलालाई दिएको छैन ।

नेपाल राष्ट्र बैंकले माग्दा समेत देव विकास बैंकले उक्त चेक दिएको छैन तर रामेश्वर थापाले सम्पादकलाई हालेको मुद्दामा उक्त बैंक भौचर सक्कली नै भएको स्वीकारेका छन् । तर उक्त भौचरको चेक कहाँ गयो भन्ने कुराचाहिँ रहस्यकै गर्भमा छ । उक्त चेक देव विकास बैंकले लुकाउनुको कारण अहिलेसम्म खुल्नसकेको छैन ।