‘समाचारले म र मेरो परिवारलाई मानसिक तनाव दियो’ : महर्जन

‘समाचारले म र मेरो परिवारलाई मानसिक तनाव दियो’ : महर्जन

काठमाडौं, १ मंसिर । दियोपोस्ट डटकममा ‘पूर्वडिआइजी रमेश खरेल भ्रष्टाचारी नेता र गुण्डा नाइकेको अगाडी यसरी झुक्थे’ शिर्षकमा प्रकाशित समाचारमा मिनकृष्ण महर्जनले खण्डन गरेका छन् । उक्त समाचारले आफ्नो मानमर्दन र चरित्रहत्या गरेको भन्दै महर्जनले समाचारको खण्डन गरेका हुन् । दियोपोस्टको आधिकारीक इमेलमा खण्डन गर्दै महर्जनले उक्त समाचारले आफू र आफ्नो परिवारलाई मानसिक तनाव दिएको बताएका हुन् ।


‘समाचारमा मलाई गुण्डा नाइके भनिएको रहेछ । मलाई गुण्डा नाइकेको उपाधि दिने अधिकार यस अनलाइनले कहाँबाट प्राप्त भयो ? दिवंगत भइसकेका एकजना नेता र नेपाल प्रहरीका पूर्व उच्च अधिकृतसँग मेरो नाम जोडेर चरित्र हत्या गर्ने अधिकार कसले दियो ? यस अनलाइनले मेरोविरुद्ध समाचार सम्प्रेषण गर्नु नै थियो भने किन मेरो भनाइ राखिएन ? नेपालको संविधान र कानून उल्लंघन गर्ने अधिकार यस अनलाइनलाई छ कि छैन ? यस्ता मनगढन्ते र चरित्र हत्या गर्ने समाचार लेख्न पाइन्छ कि पाइँदन ? खण्डनमा जवाफ पाउँ,’ खण्डन गर्दै महर्जनले लेखेका छन्,‘सो समाचारले म र मेरो परिवारलाई मानसिक तनाब दिएकोले समाचार खण्डन गर्नका लागि आग्रह गर्दै आउँदा दिनमा यस्ता आधारहीन समाचार सम्प्रेषण नहोस् भन्नका लागि आग्रह गर्दछु ।’

Trending News