दियोपोस्ट समाचार प्रभाव : दलित युवामाथि छुवाछुत र कुटपीट गर्ने धादिङका न्यौपाने पक्राउ !

दियो पोस्ट  

काठमाडौं, २३ कार्तिक । जिल्ला प्रहरी कार्यालय धादिङले जातिय छुवाछुत कुटपीट गर्ने बृद्धलाई पक्राउ गरेको छ ।

धादिङको निलकण्ठ नगरपालिका वडा नम्बर १० ज्यामरुङ घर भएका २४ वर्षिय कञ्चन बसेलमाथि जातिय विभेद र कुटपीट गरेको अभियोगमा सोही स्थानका डम्बर बहादुर न्यौपानेलाई प्रहरीले पक्राउ गरेको हो ।

पीडित बसेलले आफूमाथि जातिय विभेद र कुटपीट भएको भन्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए । तर, पीडितले दिएको जाहेरी प्रहरीले दर्ता गरेको थियो ।

२० कार्तिकमा दियोपोस्टले समाचार सार्वजनिक गरेपछि प्रहरीले जाहेरी दर्ता गरेको थियो । जाहेरी दर्तापछि उनलाई पक्राउ गर्न पक्राउपूर्जि जारी भएको थियो । प्रहरीले उनलाई आज दिउँसो पक्राउ गरेको हो ।
धादिङका प्रहरी प्रमुख एसपी महेन्द्र खड्काले जातिय छुवाछुत तथा कुटपीट घटनाका अभियुक्त न्यौपानेलाई पक्राउ गरेको जानकारी दिए । उनलाई म्याद थप गरेर थप अनुसन्धान गरिएको उनले बताए ।

गत कार्तिक २ गते आमा घरमा नभएको थाहा पाएपछि बसेल आमा खोज्न हिँडेका थिए । स्थानिय डम्बर न्यौपानेले सञ्चालन गरेको भट्टीमा मदिरा पिउँदै गरेको अवस्थामा आमालाई भेटेपछि उनले आमालाई सम्झाएका थिए । ‘तँ किन मेरो घरमा आइस् ? चमारे सार्की, गाइको मासु खाने भतुवा सार्की भएर बाहुनको घरमा आउने ? सार्कीलाई त हातले पनि पिट्नु हुन्न भन्दै चप्पल फूकालेर मुखमा थुकी पिटेको हो,’ पीडित बसेलले दिएको जाहेरीमा भनिएको छ ।

न्यौपानेले उनको आमालाई मदिरामा लठ्याएर नाजायज फाइदा समेत लिएको जाहेरीमा उल्लेख छ ।

धादिङमा दलित युवामाथि जातिय छुवाछूत र कुटपीट : प्रहरीले पीडितको जाहेरी लिएन !

TATA ADD