सिएरा लियोनको राजधानी फ्रीटाउनमा भिषण बिष्फोट, ९० जनाको मृत्यु

diyopost.com
दियो पोस्ट  शनिबार, कार्तिक २०, २०७८ | २०:१६:०६

एजेन्सी । सिएरा लियोनको राजधानी फ्रीटाउनमा भएको भीषण बिस्फोटमा कम्तीमा ९० जनाको ज्यान गएको छ ।

४० फिट लामो इन्धन ट्यांकर अर्को सवारी साधानमा ठोक्किएर बिस्फोट हुँदा दर्जनौँ घाइते भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

शहरको व्यस्त चोक क्षेत्रमा बिस्फोट हुँदा ठूलो मानवीय क्षति भएको हो । स्थानीय सञ्चारमाध्यमहरुले प्रशारण गरेको भिडियो फुटेजहरुमा क्षतविक्षत भएका मानव शरीर तथा ट्यांकर वरपर रगत जमेको देखिन्छ ।

अफ्रिकी देश सिएरा लियोनका राष्ट्रपति जुलिउस मादा बिओले दुर्घटना र मानवीय क्षतिबाट आफू विचलित भएको बताएका छन् ।

प्रभावित परिवारको सहयोगका लागि सरकारले सबै प्रयास गर्ने उनले बताएका छन् । नेपाली समय अनुसार शनिबार बिहान पौने ४ बजे व्यस्त चोकमा दुर्घटना भएको हो ।

सम्बन्धित खबर