चोलेन्द्रको पक्षमा आन्दोलनमा आउनेलाई प्रतिव्यक्ति ४ सय, ५ सय र १ हजार रुपैयाँसम्म नगद !

diyopost.com
दियो पोस्ट  सोमबार, कार्तिक २९, २०७८ | १८:५९:४५

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको पक्षमा स्वतन्त्र न्यायपालिका भन्दै दैनिक रुपमा हुने प्रदर्शनमा पैसा दिएर सहभागी गराइएको पाइएको छ ।

प्रधानन्यायाधीश जबराको पक्षमा उनीहरुले केहीदिन अघि देखि माइतीघर मण्डलामा प्रदर्शन गर्दै आएका छन् । प्रदर्शनमा सहभागीहरुलाई विचौलियाहरुले प्रतिव्यक्ति ४ सय रुपैयाँदेखि १ हजार रुपैयाँसम्म दिएको पाइएको हो ।

खुजुरा पैसा नभएपछि विचौलियाहरुले स्थानिय पसलबाट खुजुरा  साट्दै सहभागीलाई ४ सयदेखि १ हजार रुपैयाँ सम्म वितरण गरेका हुन् । सोमबार प्रदर्शनमा आएका सहभागीहरुले ‘भोली नेपाल बन्दको पनि पैसा चाहिन्छ’ भन्दै आवाज समेत उठाएका थिए ।

 

आन्दोलनमा सहभागीहरुले नाम लेखाएपछि मात्रै प्रति व्यक्तिका दरले पैसा पाइने बताए । ‘घरमा यसै बस्नु भन्दा ५ सय भनेपनि आउँछ । ७/८ दिन यस्तै चलिरहे त ८/१० हजार कमाई हुन्थ्यो,’ एक सहभागीले भने,‘म त जावलाखेलमा मजदुरी गर्ने मान्छे हुँ ।’

यसरी पैसा खर्च गरिएका आन्दोलनलाई प्रधानन्यायाधीश जबराका छोरा समलग्न भएको एक अनलाइनले भने सर्वसाधरणले शान्तिपूर्ण रुपमा जबराको पक्षमा आन्दोलन गरेको व्याख्या गरेको छ ।

आश्चर्य त के भने आन्दोलनमा सहभागीहरुलाई ‘भ्रष्टाचारी न्यायाधीशलाई कारबाही गर’ भन्ने ब्यानर भिराइएको थियो । उनीहरुले लेखेको ब्यानर समेत असुद्ध थियो ।

सम्बन्धित खबर