राप्ती नदीमा डुबेर एकबालिकासहित २ जनाको मृत्यु

दियो पोस्ट  

काठमाडौं । बाँकेको राप्ती नदीमा डुबेर एकबालिकासहित २ जनाको मृत्यु भएको छ । राप्ती सोनारी गाउँपालिका–६ फत्तेपुरका १३ वर्षीया अर्चना थारु र २२ वर्षीया कञ्चन थारुको नदीमा डुबेर मृत्यु भएको हो । जिल्ला प्रहरी प्रवक्ता डिएसपी रामप्रसाद घर्तीले शनिबार दिउँसो १२ बजे डुबेर बेपत्ता भएका उनीहरुको शव आइतबार बिहान ९ बजेपछि फेला परेको जानकारी दिए । उनीहरु नुहाउन गएको र त्यही क्रममा डुबेको प्रहरीले जानकारी दिएको छ । दुवै शव पोष्टमार्टमका लागि भेरी अस्पताल नेपालगंजमा ल्याउन थालिएको प्रहरीले जानकारी दिएको छ ।