काठमाडौं । नेकपा (एमाले)का सचिव रघुवीर महासेठ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भेटन खुमलटार पुगेका छन् । सोमबार दिउँसो १ बजे एमालेका सचिव महासेठ खुमलटारस्थित प्रचण्ड निवासमा पुगेका हुन् । प्रचण्ड र महासेठवीच एक घण्टा छलफल भएको छ ।
निर्वाचन परिणामपछि एमालेका अध्यक्ष केपी ओली, उपाध्यक्ष विष्णु पौडेल, सुवास नेम्वाङ लगायतका नेताहरुले माओवादी अध्यक्ष प्रचण्डसँग टेलिफोन वार्ता गरी नयाँ ढंगले वामपन्थी पार्टीहरु मिलेर जान प्रस्ताव गरिरहेका बेला महासेठ प्रचण्डलाई प्रत्यक्ष रुपमा भेटन र छलफल गर्नका लागि खुमलटार पुगेका हुन् ।
सत्तारुढ दलहरुको गठबन्धनको बैठक अगाडी महासेठ प्रचण्ड भेटन खुमलटार पुगेका हुन् । सत्ता गठबन्धन दलको बैठक दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ । माओवादीले तत्काल गठबन्धनभन्दा वाहिर रहेर कुनै नयाँ समिकरणको छलफल नगर्ने र गठबन्धन दलकै वीचमा नयाँ सरकार निर्माणमा छलफल गर्ने बताईरहेका बेला एमाले नेताहरु भने एक पछि अर्को गरी प्रचण्डको सम्र्पकमा पुग्न थालेका छन् ।