चोलेन्द्रशमशेर सर्वोच्च फर्केनन्, जबरालाई रोक्न बसेको वकिलहरु पनि निस्किए

दियो पोस्ट  

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा सर्वोच्च आउने भनेपछि बुधबार दिनभरजसो सर्वोच्च अदालत परिसरमा चहलपहल रह्यो। प्रहरीहरू तैनाथ थिए, सर्वोच्च गेटमा नेपाल बार एसोसिएसनले धर्ना दिने भनेर उभिए।

तर निलम्बित प्रधानन्यायाधीश राणा अपरान्ह साढे ४ बजेसम्म पनि सर्वोच्च आएनन्। उनी बालुवाटारस्थित निवासमा छन्। राणाले आज दिउँसो २ बजे आफू सर्वोच्च जाने पत्रकारहरूलाई टेलिफोनमा बताएका थिए। तर उनी बालुवाटारको निवास बाहिर निस्केनन्।

यता राणालाई सर्वोच्च छिर्न नदिन गेटमा बसेका बारका वकिलहरू पनि आजलाई निस्किएका छन् । राणालाई प्रवेश नदिने नेपाल बार एशोसिएशनको निर्णयसँगै वकिलहरू अवरोधका लागि गेटमा अवरोधका लागि बसेका थिए ।

संसद सचिवालयका महासचिवले महाअभियोग निस्प्रभावी बनेको पत्र दिएपश्चात राणा सर्वोच्च आउने तयारी गरेसँगै वकिलहरुले राणाको पनुरागमनलाई रोक्न खोजेका थिए ।