चुनाव लगत्तै बाह्य शक्ति केन्द्रहरुको दौडधुप, ओलीलाई भेट्न भारतीय राजदूत उनकै निवासमा

दियो पोस्ट  

काठमााडैं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र भारतीय राजदूत नविन श्रीवास्तवबीच आज विहान भेटघाट भएको छ । नेपाली राजनीतिमा प्रत्यक्ष चासो राख्दै विभिन्न राजनीतिक दलका शीर्ष नेतासँग भेटवार्ता गरिरहेका राजदूत श्रीवास्तव एकाबिहानै ओली भेट्न बालकोट पुगेका हुन् । सचिवालय बैठक रोकेर ओली र श्रीवास्तवबीच बिहान साढे ११ बजेदेखि साढे १२ बजेसम्म भेटवार्ता भएको हो ।

यता,सरकारको नेतृत्व दावी गर्दै आएको माओवादी केन्द्रले पनि विभिन्न पक्षीय छलफललाई तीब्रता दिएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उपराष्ट्रपति नन्दबहादुर पुन पासाङलाई भेटेका थिए भने, आजै नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल र नेपाल र अमेरिकी राजदूत डीआर थम्पसनबीच भेटवार्ता भएको थियो ।


चुनावी परिणाम कुनै एउटा दलको पक्षमा नआएर मिलिजुली सरकार गठन हुने निश्चित भएकाले घरेलु तथा बाह्य शक्ति केन्द्रहरुको दौडधुप बढेको छ ।