चितवन । चितवनमा मोटरसाइकल र तरकारी बोकेको गाडी ठोक्किँदा एक जना जर्मन नागरिकको मृत्यु भएको छ। इच्छाकामना गाउँपालिका–३ फिस्लिङ नजिकै काठमाडौंबाट मुग्लिन जाँदै गरेको बाइक र विपरीत दिशाबाट आउँदै गरेको गाडी ठोक्किँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी विजयराज पण्डितले जानकारी दिए।
बिहीबार बिहान करिब १० बजे ना ४१ प ५४८ नम्बरको बुलेट बाइक र बागमती प्रदेश ०३–००१ च १६८२ नम्बरको गाडी ठोक्किएका हुन्।
दुर्घटनामा घाइते भएका जर्मन नागरिक माइकल मेएर ओल्बरस्लेबेनको मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो।गाडीका चालक २१ वर्षीय साजन भुजेललाई प्रहरीले नियन्त्रणमा लिएको छ।