कञ्चनपुरमा ब्राउन सुगरसहित ३ जना पक्राउ

दियो पोस्ट  

कञ्चनपुर । कञ्चनपुरमा अवैध लागुऔषध ब्राउन सुगरसहित तीनजना पक्राउ परेका छन् । भीमदत्त नगरपालिका९ ११ भुजेलास्थित महाकाली नदी किनारबाट झन्डै १४ मिलिग्राम ब्राउनसुगरसहित तीनजना पक्राउ परेका प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय गड्डाबाट खटिएको टोलीले उनीहरूलाई लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा थप आवश्यक अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।