प्रचण्ड, भट्टराई र पौडेलबीच भेटवार्ता, के भयो कुराकानी ?

दियो पोस्ट  

काठकाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराई र नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच आज भेटवार्ता भएको छ।

सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा उनीहरूबीच भेटवार्ता भएको हो।

भेटमा समसामयिक राजनीतिक परिस्थिति, निर्वाचन परिणाम र नयाँ सरकार गठनका बारेमा कुराकानी भएको थियो।

उक्त भेटमा नेसपाका नेता महेन्द्रराय यादव पनि सहभागी थिए।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको सम्पूर्ण नतिजा आइसकेको छ।

समानुपातिकतर्फ पनि सांसद छनोटको अन्तिम तयारी छ। दल नयाँ सरकार गठनको तयारीमा जुटेका छन्।

सम्बन्धित खबर