काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ गते सम्पन्न निर्वाचनको प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाएको छ । राष्ट्रपति भवनमा केही बेरअघि आयोजित एक कार्यक्रममा निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राष्ट्रपतिसमक्ष सो प्रतिवेदन पेस गरेका हुन्।
शीतल निवासमा आयोजित समारोहमा आयोगका पदाधिकारीहरू समेतको उपस्थिति थियो ।