समानुपातिक सांसदले पाए प्रमाणपत्र

दियो पोस्ट  

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभामा समानुपातिक तर्फबाट निर्वाचित सांसदहरुलाई आइतबार प्रमाणपत्र दिएको छ । आयोगको केन्द्रीय कार्यालयमा प्रतिनिधिसभा र सातवटै प्रदेशसभाका सांसदलाई एकै स्थानबाट प्रमाणपत्र दिइएको हो । उनीहरुलाई निर्वाचन आयोगका सचिव गोकर्णमणि दुवाडीले प्रमाणपत्र प्रदान गरे भने प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले खादा लगाएर बधाई दिए। प्रतिनिधिसभामा ११० जना सामानुपातिकतर्फ निर्वाचित भएका छन् । प्रदेशसभा अन्तर्गत प्रदेश १ मा ३७, मधेशमा ४३, वाग्मती ४४, गण्डकी २४, लुम्बिनी ३५, कर्णाली १६ र सदूरपश्चिममा २१ जना समानुपातिकतर्फबाट निर्वाचित भएका छन् ।

सिफारिस