काठमाडौं । संघीय संसद सचिवालयका महासचिव भरत गौतमले निर्वतमान प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको महाभियोग निष्क्रिय हुने निर्णय नगरेको जवाफ सर्वोच्च अदालतलाई दिएका छन्।
सर्वोच्च अदालतले राणा विरूद्धको महाभियोग निष्प्रभावी भएको गौतमको पत्र कार्यान्वयन नगर्न यसअघि आदेश दिएको थियो। साथै अदालतले गौतमलाई सात दिनभित्र जवाफ दिन भनेको थियो। गौतमले सर्वोच्चलाई आज पठाएको पत्रमा आफूले महाभियोगको प्रस्ताव निष्क्रिय हुने निर्णय नगरेको उल्लेख गरेका हुन्।
‘मैले प्रतिनिधि सभाको कार्यकाल समाप्त भएसँगै तत्कालीन प्रतिनिधि सभामा दर्ता भएको प्रस्ताव निष्क्रिय हुन गएकाले महासचिवको तर्फबाट सम्बन्धित निकायमा जानकारी गराएको हो। संघीय संसदको महासचिवले महाभियोगको प्रस्ताव निष्क्रिय हुने निर्णय गरेको होइन,’ गौतमले
सर्वोच्चलाई दिएको लिखित जवाफमा उल्लेख छ।