विश्वकप २०२२ : गोल्डेन बल मेस्सीलाई

दियोपोस्ट संवाददाता

दोहा । कतार विश्वकपको सर्वोत्कृष्ट खेलाडी अर्जेन्टिनाका लियोनल मेस्सी भएका छन्।

उनले गोल्डेन बल पाए। विश्वकपमा दुईपटक गोल्डेन बल पाउने उनी पहिलो खेलाडी बनेका छन्।

यसअघि सन् २०१४ को विश्वकपमा पनि उनले गोल्डेन बल पाएका थिए।