काठमाडौं । नेपाली कांग्रेसले यही पुस ६ गते (बुधबार) संसदीय दलको नेता चयन गर्ने भएको छ । कांग्रेस संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचन समितिले संसदीय दलको नेता निर्वाचनसम्बन्धी कार्यक्रम सार्वजनिक गरेको छ ।
सार्वजनिक चुनावी कार्यक्रमअनुसार बुधबार बिहान ८ देखि १० बजेसम्म मतदान हुनेछ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा मतदानपछि सोही दिन परिणाम घोषणा गरिनेछ । मतदाता नामावली प्रकाशनसँगै आज दिउँसो २ बजेबाट निर्वाचन प्रक्रिया सुरू गरिएको छ ।