धादिङ । धादिङको सिद्धलेक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राममणी मिश्रले दियोपोस्टमा प्रकाशित समाचारको खण्डन गरेका छन् ।
केहीदिन अघि प्रकाशित ‘त्रिशुली नदिको बालुवा तस्करीमा धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष विष्णु थपलिया नै समलग्न’ शिर्षकमा प्रकाशित समाचारको उनले खण्डन गरेका हुन् ।
‘धादिङ उद्योग वाणिज्य संघका अध्यक्षले त्रिशुली नदीको वालुवा अनाधिकृत रुपमा दोहन गरेको भन्ने समाचारमा मेरो समेत प्रमुख संलग्नतन रहेको भन्ने उल्लेख भएकोमा स्तव्ध भएको छु,’ उनले खण्डनमा भनेका छन्,‘पर्याप्त आधार, प्रमाण तथा पुष्ट्याई विनाको समाचारबाट भ्रममुक्त रहन सवैमा हार्दिक निवेदन गर्दछु ।’