निर्वाचित सांसदहरूलाई पशुपति शमसेर राणाले शपथ खुवाउने

दियो पोस्ट  

काठमाडौं । निर्वाचित सांसदहरूलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पशुपति शमसेर राणाले शपथ ग्रहण गराउने भएका छन् । ज्येष्ठ नागरिकले शपथ ग्रहण गराउने प्रावधान अनुसार राणाले निर्वाचित सांसदहरूलाई शपथ गराउने भएका हुन्। संसद सचिवालयले राणाको शपथका लागि राष्ट्रपति कार्यालयमा पत्र पठाएको सहायक प्रवक्ता दशरथ धमलाले बताए।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ ग्रहण गरेपछि उनले अन्य सांसदलाई शपथ खुवाउने छन्। सांसदहरूको शपथ पुस ७ गते तय भएको छ।