काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ सरकार गठनमा अब ढिलाइ नहुने दाबी गरेका छन् । नेपाल समाजवादी पार्टीका अध्यक्षद्वय बाबुराम भट्टराई र महेन्द्रराय यादवसँगको कुराकानी देउवाले सरकार गठनमा विलम्ब नहुने बताएका हुन्। बिहीबार बालुवाटारमा भएको भेटवार्तामा प्रधानमन्त्री देउवाले पाँच दलीय गठबन्धनमा रहेका सबै दलको सम्मान हुनेगरी सरकार निर्माण हुने बताए। भेटमा प्रधानमन्त्री देउवाले शक्ति बाँडफाँटका विषयमा शुक्रबारदेखि गठबन्धनमा छलफल हुने बताएका छन्।