१९ वर्ष २ महिनापछि जेल मुक्त भए चार्ल्स शोभराज

दियो पोस्ट  

काठमाडौं । ‘बिकिनी किलर’ भनेर चिनिएका चार्ल्स शोभराज थुनामुक्त भएका छन् । केन्द्रीय कारागार सुन्धाराबाट उनलाई रिहा गरेर अध्यागमनमा लगिएको छ । फ्रान्सेली नागरिक शोभराजलाई रिहा गरिएको स्रोतले जनाएको छ । सर्वोच्च अदालतको आदेश अनुसार उनलाई डिपोर्ट गरिने सरकारको तयारी छ । तर, शोभराजले केही समय नेपालमै बस्ने इच्छा व्यक्त गरेका छन् । उनी जेलमा १९ वर्ष दुई महिना बिताएर थुनामुक्त भएका छन् ।