काठमाडौं । भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका प्रहरी उपरीक्षक (एसपी) रामेश्वरप्रसाद यादवलाई ४ महिना कैदको सजाय निर्धारण गरिएको छ। सर्वोच्च अदालतले उनलाई ४ महिना कैद र ९७ हजार ५० रुपैयाँ जरिवानाको फैसला सुनाएको हो। सर्वोच्चका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको इजलासले एसपी यादवसहित ढकबहादुर गुरुङलाई दोषी ठहर गर्दै कैद सजाय सुनाएको हो।
योसँगै जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा कार्यरत रहेका एसपी यादवको जागिर गएको छ।
यो पनि
विशेषको फैसला सर्वोच्चले उल्टायो, एसपी रामेश्वर यादव भ्रष्टाचार मुद्दामा दोषी ठहर