प्रधानमन्त्री बनेकोमा प्रचण्डलाई देउवाको बधाई

दियो पोस्ट  

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेकोमा बधाई दिएका छन् । नेता देउवाले सोमबार बिहान माओवादी पदाधिकारी बैठक चलिरहेका बेला फोन गरेर बधाई दिएका हुन् । ‘कांग्रेसका नेताहरूले फोन गर्नुभयो, बधाई दिनुभयो । भर्खर शेरबहादुर देउवाले पनि बधाई दिनुभयो’, उपाध्यक्ष कृष्णबहादुर महराले भने,‘रामचन्द्र पौडेल त खुलेर बोल्नुभयो, देउवाको हठले गठबन्धन टुट्यो भन्नुभयो ।’