नवगठित मन्त्रिपरिषद्को पहिलो बैठक आजै

दियो पोस्ट  

काठमाडौं । नवगठित मन्त्रिपरिषद्को बैठक सोमबार साँझ बस्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको सचिवालयका अनुसार सोमबार साँझ साढे ६ बजे नवगठित मन्त्रिपरिषद्को पहिलो बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्दैछ ।
सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पुष्पकमल दाहालको सिफारिसमा ८ सदस्यीय मन्त्रिपरिषद् गठन गरेकी छिन् ।