काठमाडौं । पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई समर्थन गरेको जनता समाजवादी पार्टी (जसपा)ले सरकारमा जाने/नजानेबारे छलफल गर्न बैठक बोलाएको छ । १८/१९ गते बस्ने राजनीतिक समितिको बैठकले सरकारमा सहभागिताबारे टुंगो लगाउने छ । त्यतिबेलासम्म संसदीय दलको नेता चयनको प्रक्रिया पनि टुंग्याइने स्रोतले जनाएको छ ।
सातदलीय गठबन्धनमा रहेको जसपाका १२ संघीय सांसद छन् ।