काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आगामी पुस २२ गते शुक्रबारका केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ। ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा दिउँसो १ बजे बस्नेछ।
उक्त बैठकमा सहभागी हुन सबै पदाधिकारी र सदस्यलाई निर्देशन गरिएको पार्टीका कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले मंगलबार एक विज्ञप्ति जारी गर्दै बताएका छन्।
बैठकमा गत मंसिर ४ मा भएको निर्वाचनको समीक्षा तथा समसामयिक राजनीतिका सन्दर्भमा छलफल हुने विज्ञप्तिमा जनाइएको छ।
बैठकमा प्रस्तुत हुने ३ वटा एजेण्डा तय भएका छन् । जसमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन—२०७९ को समीक्षा, समसामयिक राजनीति विषय र विविध रहेका छन् ।