कर्णाली । कर्णाली प्रदेश सभा नेकपा माओवादी केन्द्र संसदीय दलको नेतामा राजकुमार शर्मा (आर्ट) सर्वसम्मत चयन भएका छन् । मंगलबार बसेको प्रदेश कमिटी बैठकले शर्मालाई सर्वसम्मत रुपमा दल नेतामा चयन गरेको हो । दल नेताका लागि चार जनाको दाबी रहेको थियो । दाबी गर्नेमा कालिकोटका दुर्गबहादुर रावत, सुर्खेतका विन्दमान विष्ट र कृष्ण जिसी रहेका थिए । अन्तिममा तीनैजना ब्याक हुँदा शर्मा सर्वसम्मत रुपमा दल नेतामा चयन भएका हुन् । शर्मा रुकुम पश्चिम (ख) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् ।