काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रदेश १ मा सरकारको नेतृत्वमा दाबी गरेको छ । बुधबार बसेको प्रदेश १ समितिको पदाधिकारी बैठकले सरकारको नेतृत्वमा दाबी गर्ने र त्यसका लागि अन्य दलहरुसँग छलफल अघि बढाउने निर्णय गरेको स्रोतले बताएको छ ।
सरकार गठन र अन्य दलसँगको सहकार्यका लागि ३ सदस्यीय वार्ता टोली गठन गरेको छ । पार्टीका सचिव राम कार्कीको संयोजकत्वमा रहेको वार्ता टोलीमा इन्द्रबहादुर आङ्बो र हर्कबहादुर नेम्वाङ सदस्य छन् ।