दाङ । एनआईसी एसिया बैंकमा सेवाग्राहीले तालाबन्दी गरेका छन् । व्यवसायीको इच्छाविपरीत जबरजस्ती बस्तुको मूल्यनिर्धारण गरी लिलाम प्रकृया अघि बढाएको भन्दै सेवाग्राहीले दाङको गढवा गाउँपलिका–६ मा रहेको उक्त बैंकमा तालाबन्दी गरेका हुन् ।
सोही बैंकका म्यानेजर सुजन ओलीले केही समयपछि ताला खुल्ने बताएका छन् । ‘यो लिलाम प्रक्रियामा जाँदा सेवाग्रहीहरु आक्रोशमा आउनु भयो, तर अहिले कुरा मिलेर ताला खोल्ने सहमति भइसकेको छ’, उनले भने ।