काठमाडौं । काठमाडौँ महानगरपालिकाले थापाथलीस्थित बागमती किनारमा अनाधिकृत बस्ती हटाउन गृह मन्त्रालयसँग सहयोग मागेको छ । बुधबार प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले गृह मन्त्रालयलाई पत्र लेखी अनाधिकृत संरचना हटाउन अभियानकै रुपमा बढाउनु पर्ने भएकाले समन्वय गर्न अनुरोध गरेको हो।
बागमती सभ्यता एकीकृत विकास परियोजना समेतबाट अनुरोध भएकाले सो क्षेत्र खाली गर्न प्रयास र समन्वय गरेको महानगरले जनाएको छ । बागमती किनाराका अव्यवस्थित बसोबास हटाइ सौन्दर्यकरण गरी संरक्षण गर्ने एकीकृत विकास परियोजनाले जनाएको छ ।