प्रभु साहले गठन गरे आम जनता पार्टी

दियो पोस्ट  

काठमाडौं । रौतहट क्षेत्र नं ३ बाट निर्वाचित सांसद प्रभु साहले आम जनता पार्टी गठन गरेका छन्। साहले आज पत्रकार सम्मेलन गरी पार्टी गठनको घोषणा गरेका हुन्। साहकै अध्यक्षतामा ५१ सदस्यीय तदर्थ केन्द्रीय कमिटी समेत गठन भएको छ। साहलाई रौतहट क्षेत्र नं २ बाट स्वतन्त्र रूपमा निर्वाचित किरण साहले साथ दिएका छन्। उनी संसदीय विभाग प्रमुख बनेका छन्।

त्यस्तै, संगठन विभाग प्रमुखको जिम्मेवारी कुन्दन कुशहवाले लिएका छन् भने चन्द्रभूषण साह प्रचारप्रसार विभाग प्रमुख बनेका छन्। नेकपा एमालेबाट कारबाहीमा परेका पूर्व सांसद बद्री न्यौपाने विदेश विभाग प्रमुख बनेका छन्।

आम जनता पार्टी गठन गरेका प्रभु साहले एमालेको टिकट होल्ड गरेर स्वतन्त्र उम्मेदवारी दिएका थिए । यसपटक समेत गरी रौतहट क्षेत्र नं ३ बाट उनी चार पटक विजयी भइसकेका छन्। एमाले छोड्नुअघि उनी पार्टीको स्थायी कमिटी सदस्य थिए।

सिफारिस