बुटबल । चाउचाउको दुनियामा बेग्लै पहिचान बनाएको यसोधा फुड्स प्रा.लि.ले करेन्ट चाउचाउको आधिकारिक बिक्रेता ‘करेन्ट प्वाइन्ट’ बिस्तार गरेको छ । अंग्रेजी नयाँ वर्ष २०२५ को पूर्व सन्ध्यामा बुटबलस्थित कालिका नगरमा पहिलो पटक ‘करेन्ट प्वाइन्ट’ बिस्तार गरिएको ‘यसोधा फुड्स’ प्रा.लि.का कार्यकारी अध्यक्ष चुन्नप्रसाद पौडेलले जानकारी दिए ।
सो अवसरमा अध्यक्ष पौडेलले स्वदेश तथा बिदेशमा समेत करेन्ट चाउचाउको माग बढेकोे र स्वदेशी उत्पादनलाई स्थानीय स्तरमै प्रवर्धन गर्न करेन्ट प्वाइन्ट खोलिएको बताए । उनले वार्षिक ८० करोड रुपैयाँ बराबरको करेन्ट चाउचाउ भारतमा मात्रै निर्यात हुने भएकाले देशको अर्थतन्त्रमा चाउचाउको भूमिका महत्वपूर्ण रहेको प्रष्ट पारे ।
पछिल्लो समय भारतीय बजारमा करेन्ट चाउचाउको माग बढेको भन्दै भारतमा समेत लगानी गर्न आफुहरु तयार रहेको पौडेलको भनाई छ । ‘हामी भारतमा समेत सेवा बिस्तार गर्न तयार छौँ । तर राज्यको पोलिसी लगानी मैत्री बन्नुपर्छ । नेपालमै पनि उद्योग दर्ता गर्न र उद्योग खोल्न झंझटिलो प्रक्रिया छ,’ उनले भने ।
आफ्नो कम्पनीमा २१ सय जना भन्दा बढीले प्रत्यक्ष रोजगारी पाएको भन्दै नपाली अर्थतन्त्रमा चाउचाउको भूमिका महत्वपूर्ण रहेको उनको दाबी छ । राेजगारी पाउनेमा अधिकांश महिलाहरू छन् ।
उद्योग वाणिज्य संघ बुटबलका अध्यक्ष हरी प्रसाद अर्यालले यसोधा फुड्सको उत्पादनले देशको आर्थिक बिकासमा ठूलो टेवा पुर्याएको बताए । राष्ट्रिय तथा अन्र्तराष्ट्रिय व्यापारको प्रतिस्पर्धामा करेन्ट चाउचाउ सबै भन्दा अगाडी रहेको भन्दै उनले स्वाद र स्वास्थ्यको दृष्टिले पनि करेन्ट चाउचाउ उत्कृष्ट रहेको प्रष्ट बताए ।
युरोप, अमेरिका, अष्ट्रेलिया लगायत अन्य मुलुकमा समेत करेन्ट चाउचाउको माग भइरहेको भन्दै उनले देशको अर्थतन्त्र सुधार गर्नका लागि स्वदेशी उत्पादनको प्रवर्धन हुनु पर्नेमा जोड दिए ।
सन् २०१७ मा रुपन्देहीको मधवलियामा सानो लगानीबाट सुरु गरिएको उद्योग केही समयमै कपिलबस्तुको चन्द्रौटामा समेत बिस्तार गरिएको थियो । यतिबेला उद्योगले अन्र्तराष्ट्रिय व्यापारमा समेत प्रतिस्पर्धा गर्न सक्ने भएको भन्दै व्यावसायीहरु उत्साहित बनेका छन् ।
करेन्ट प्वाइन्टमा चाउचाउको बिक्री बितरण गर्नुका साथै चाउचाउका नयाँ स्वाद चाख्न पाइने बताइएको छ । यशोदा फुड्सले करेन्ट हट एण्ड स्पाइसी, करेन्ट स्पाइसी, करेन्ट सेजवान, करेन्ट चिज एण्ड बटर, करेन्ट मसरुम तथा करेन्ट कप नुडल्स, करेन्ट चिकन पिजा, करेन्ट अकबरे, करेन्ट चटपट तथा करेन्ट मसला नुडल्स, लाली लगायतका उत्पादन समेत करेन्ट प्वाइन्टमा पाइने छ ।
यस्तै करेन्टमा प्वाइन्टमा स्न्याक्स अन्तर्गत करेन्ट चिजबल, करेन्ट हट एण्ड स्पाइसी स्टिक्स, करेन्ट पोटाटो क्रयाकर, करेन्ट पोटाटो स्टिक्स, करेन्ट अचारी स्टिक्स, करेन्ट हट एण्ड लेमन स्टिक्स, करेन्ट ओनियन रिङ्ग, करेन्ट कोदो, करेन्ट कोदो चिप्स, करेन्ट फापर चिप्स लगायतका स्वाद चाख्न पाइने छ । यी उत्पादनलाई यसोधा फुड्सले विश्व बजारमा समेत निर्यात गर्दै आइरहेको छ ।