निर्मला पन्त हत्या प्रकरणः काठमाडौँबाट शंकास्पद युवा पक्राउ

diyopost.com
Diyo post  बुधबार, मंसिर १९, २०७५ | १७:३४:३६

काठमाडौं, मंसिर १९ । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ बर्षिया निर्मला पन्तको घटनामाथि अनुसन्धान गरिरहेको टोलीले काठमाडौँबाट एक शंकास्पद युवालाई पक्राउ गरेको छ ।

हाल ति यूवाको परिचय गोप्य राखिएपनि उनी लागु औषध दुव्र्यसनी भएको स्रोतले बताएको छ । अनुसन्धानमा खटिएको विभिन्न छानविन टोलीको शंकास्पद सूचीमा परेका ति युवालाई विहीबार अपराह्न पक्राउ गरिएको हो ।

उनको पारिवारिक स्रोतका अनुसार उनी विगत केही समयअगाडीदेखि भारतमा थिए । अचानक काठमाडौँमा देखिएपछि अनुसन्धानमा खटिएका प्रहरी अधिकारीहरुले नियन्त्रणमा लिई छानविनको कार्य अगाडी बढाएका छन् ।

प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरोले भने निर्मलासंग जोडिएका सबै शंकास्पद व्यक्तिहरुलाई सोधपुछ गर्ने कार्य चलिरहेकोले तत्काल केही खुलाउन नसकिने बताएको छ । सोधपुछका लागि नियन्त्रणमा लिएको ति युवाको पनि डिएनए परिक्षण गरिने प्रहरी अधिकारीहरुले जनाएका छन् ।

सम्बन्धित खबर