अमेरिकामा लुकेकी कालिकोटकी उपमेयरले उतै विवाह गरेको खुलाशा !

दियो पोस्ट  

काठमाडौं, २१ मंसिर । अमेरिकामा लुकेकी कालिकोट तिलगुफा नगरपालिकाकी उपमेयर दन्ता नेपाली ‘दर्शना’ले विवाह गरेको खुलाशा भएको छ ।


गोष्टिको लागि भन्दै २०७६ साल कार्तिकमा अमेरिका पुगेकी उनले उतै घरजम गरेर बसेको उनी निकट स्रोतले जनाएको छ । यद्धपी यस विषयमा उनीसँग प्रतिक्रियाका लागि सम्पर्क गर्दा सम्पर्कमा आउन चाहिनन् ।


अमेरिका पुगेको एक महिनासम्म मेयर रत्नबहादुर शाहीसँग सम्पर्कमै रहेकी उनी यतिबेला भने नेपालमा कसैसँग सम्पर्कमा बसेकी छैनन् । स्रोतका अनुसार उनी अमेरिकामै रहेका उनी निकट साथीहरुसँग भने सम्पर्कमा छिन् । ‘अब म नेपाल जान्न । त्यहाँ गएर केही हुने होइन । त्यो उपमेयर पदले के हुन्छ र ?’ दर्शनाको भनाई उधृत गर्दै उनी निकट स्रोतले दियोपोस्टसँग भन्यो,‘मैले यतै राम्रो जीवन साथी पाएको छु । अब यतै बस्छु ।’


यता नगरपालिकामा भने उपमेयर नहुँदा प्रशासनिक काम गर्न निकै कठिन भएको छ । एकवर्ष भन्दा बढी समय हुँदा पनि उनी फर्किएकी छैनन् ।

सम्बन्धित खबर