‘खुकुरी रम’ले ट्रेडमार्क चोरीको झूटो मुद्दा लगाएर यसरी फसाएको थियो लाहुरे रमलाई !

दियो पोस्ट  

काठमाडौं, २२ मंसिर । मदिरा उद्योगहरुबीच तिब्र प्रतिष्पर्धा छ । प्रतिष्पर्धाको बजारमा केही ठूला उद्योगहरु भने साना उद्योगमाथि ‘विभिन्न सेन्डिकेट’ लगाउन सक्रिय छन् । उनीहरु कानुन र शक्तिको दुरुपयोग गर्दै कतिसम्म गर्छन् भन्ने एउटा प्रमाण फेला परेको छ ।


खुकुरि रम उत्पादन गर्ने कम्पनि हो – नेपाल डिस्टिलरी प्रा.ली । यो डिस्टिलरीको मालिक नर्भिक अस्पतालका समेत मालिक रहेका बसन्त चौधरी हुन् ।

अस्पताल र मदिराको विवादास्पद धन्दामा लागेका चौधरीको यो कम्पनीले आफ्नो व्यापारमा दख्खल पुर्याउन सक्न आंकलनमा एउटा उद्योगलाई प्रतिष्पर्धी बजारको सिद्धान्त विपरित कानुनको दुरुपयोग गर्दै हदैसम्म दुख दिएको पाइएको छ ।


नेपाल डिष्टिलरीले उत्पादन गर्दै आएको १८० र ७५० एमलको खुकुरी रमको बोटलको साइज र लेभल नक्कल गरेको भन्दै त्रिजुगा डिष्टिलरी विरुद्ध उद्योग विभागमा मुद्दा हालेको थियो ।

ट्रेडमार्क र लेभलसँग हुबहु मिल्नेगरि त्रिजुगा डिष्टिलरीले लाहुरे त्रिपल एक्स रम उत्पादन गरि विक्री गरेको भन्दै उजुरी गरेको हो ।


त्रिजुगा डिष्टिलरीले उजुरी कर्ता नेपाल डिष्टिलरीलाई हानी नोक्सानी पुर्याएको भन्दै उजुरीमा आरोप थियो ।

उजुरकर्ताले लाहुरे त्रिपल एक्स रम ‘गैरकानुनी तरिकाले’ उत्पादन तथा विक्री गर्दै आएको भन्दै उक्त मदिराजन्य वस्तु जफत गरि पेटेन्ट डिजायन ट्रडमार्क ऐन २०२२ अनुसार कारबाही गरिपाउँँ भन्ने माग राखेको थियो ।


उद्योग विभागले उजुरीपछि छानबीनका क्रममा त्रिजुगा डिष्टिलरीलाई बयानका लागि बोलाएको थियो ।

२०६९ साल चैत्र १४ गतेदेखि लाहुरे त्रिपल एक्स रम ड्रेडमार्क दर्ता गरि मदिरा उत्पादन गर्दै आएको यो कम्पनिको डकुमेन्टमा देखियो । प्रमाण पत्र संख्या – ३४३३१ ।

विभाग ईजलाशले त्रिजुगा डिष्टिलरीले उत्पादन गर्दै आएको लाहुरे त्रिपल एक्स रमको ट्रेडमार्क र लोगो दर्ता भएकै प्रयोग भएको भन्दै विपक्षि नेपाल डिष्टिलरीको उजुरी दाबी नपुग्ने भन्दै खारेज गरिदियो ।

TATA ADD